काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २४ गते बसेको सञ्चाल समितिको बैठकले ९ औं वार्षिक साधारण सभा डाकेको छ । समितिले आगामी फागुन २९ गतेका लागि सभा डाकेको हो ।
संस्थाले सेयरधनीहरुलाई गत आर्थिक वर्षका लागि लाभांश नदिेन निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धि कुने प्रस्ताव पेश गरिने छैन । सभामा एक वा एकभन्दा बढी लघुवित्तसँग गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी फागुन ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।