काठमाण्डौ । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको छ । बैठकले आगामी असोज २४ गते काठमाण्डौको सुकेधारामा रहेको सेलीब्रेसन हाईट्समा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरण र सो सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने प्रस्ताव पारित गरिनेछ ।
लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आव २०८२/८३ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने र ३ जना संस्थापक सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।