काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश पारितको प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । फागुन २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ३१ औं साधारण सभा आह्वान गरेको हो ।
बैठकले उक्त सभा यही फागुन २७ गते काठमाण्डौको शंखमुलमा रहेको अनमोल ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ८.७५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धीत अनुसूचीहरु पारित गर्ने र चालु आवका लागि बाह्य लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कायम भएका सेयरधनीहरु मात्रै संस्थाको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।