काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा आज अयोजना हुँदैछ । संस्थाको सभा बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान ११ बजे सभा आयोजना हृुन लागेको हो । उक्त सभामा संस्थाले अन्य वित्तीय संस्था गाभ्ने÷गाभिने, प्राप्ति वा खरिद सम्बन्धी प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा ४ जना संस्थापक र २ जना सर्वसाधारण गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत वैशाख २४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।