काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावरको स्थगित वार्षिक साधारण सभाको मिति पुनःतोकिएको छ । कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले १५ औं र १६ औं वार्षिक साधारण सभा पुनः डाकेको हो ।
उक्त बैठकले आगामी जेठ २८ गते काठमाण्डौको कोटेश्वरमा रहेको केएम ब्याङक्वेटमा बिहान ९.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । यसअघि चैत २९ गतेका लागि तय भएको १५ औं र १६ औं वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेकाले स्थगित भएको थियो ।
सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।
यस्तै सभामा आव २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
उक्त सभामा स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।