बिहीबार, चैत्र २१,२०८१ 02:32:40
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:32:40
IME remit
Global IME Bank Limited

लाभांश पारितको प्रस्तावसहित साल्ट ट्रेडिङले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?

Hyundai Nepal
लाभांश पारितको प्रस्तावसहित साल्ट ट्रेडिङले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ५८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १५ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई घोषणा भएको १० प्रतिशत नगद लाभांश पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, ऋण सुविधा लिने स्वीकृतमाथि छलफल गरी पारित गर्ने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी पिडितका लागि जम्मा गरेको राहत रकम अनुमोदन गरिनेछ । 

सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालू आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी चैत १ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.