साल्ट ट्रेडिङको नाफा १.२५% ले घट्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको तुलनामा १.२५ प्रतिशतले कम हो । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ३ करोड ५८ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीको बिक्री आम्दानी पनि ३१.५४ प्रतिशतले घटेको छ । कम्पनीले बिक्रीबाट ४ अर्ब ५८ करोड रुपैयाँ आम्दानी गरेको...