काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको २ दिनपछि साल्ट ट्रेडिङ कर्पोरेशनले नूनको मूल्य समेत बढाएको छ ।
कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले नूनको मूल्य बढाउने निर्णय गरेको नायव कार्यकारी प्रमुख कार्यकारी अधिकृत कुमारी राजभण्डारीले जानकारी दिए ।
कर्पोरेसनले आयो नूनको १ किलोग्राम प्याकेटको थोक बिक्री मूल्य २० रुपैयाँबाट बढाएर २३ रुपैयाँ तथा उपभोक्ता मूल्य २३ रुपैयाँबाट २६ रुपैयाँ पुर्याएको छ ।
न्यून शक्ति नूनको मूल्य प्रति किलोग्रामको प्याकेटलाई थोकका लागि १७ रुपैयाँ र उपभोक्ताका लागि २० रुपैयाँ तोकिएको छ ।
भानू नूनको उपभोक्ता मूल्य ९ रुपैयाँ कायम गरिएको छ ।