आईतवार, आश्विन ६,२०८१ 03:20:49
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 03:20:49
IME remit
Global IME Bank Limited

साल्ट ट्रेडिङको १५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

Hyundai Nepal
साल्ट ट्रेडिङको १५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
Nabil Bank Limited

काठमाण्डौ । साल्ट ट्रेडिङ को कर्पोरेशन लिमिटेडले गत आव २०७९÷८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही(डिम्याट) खातामा जम्मा गरेको छ ।  

कम्पनीले एक सूचना जारी गर्दै गत चैत २३ गते सम्पन्न ५७ औँ वार्षिक साधारणसभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको जानकारी गराएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएसएसीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

गत चैत ८ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ। उक्त मितिपश्चात अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा भने क्रमशःउक्त बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।  

गत चैत ८ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरुलाई भने बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ।  

उक्त मितिपश्चात रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर सेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उक्त सेयरधनीहरुको सेयर रोक्कामा रहेको वा नरहेको यकिन गरी रोक्कामा राख्नुपर्ने भए बोनस सेयरसमेत रोक्कामा राख्नेतर्फ आवश्यक प्रक्रिया अगाडि गर्नुपर्ने कम्पनीले आग्रह गरेको छ। 

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.