काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सेयरमूल्य समायोजन भएको् छ । कम्पनीले घोषणा गरेको ९.५० प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा भएको समायोजन पश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५ हजार ४२४ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५ हजार ९३९ रुपैयाँ कायम थियो ।
कम्पनीले आर्थिक वर्ष २०८१÷८२ का लागि ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांशको घोषणा गरेको छ ।
आगामी जेठ २९ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि शुरु हुने कम्पनीको ५९ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।

