काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवको अन्त्यसम्म ६ करोड ३२ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
यो रकम गत आवको तुलनामा १९.७८ प्रतिशतले कम हो । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ८ करोड ८८ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।
कम्पनीको बिक्री आम्दानी पनि ५२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिक्रीबाट १३ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले यो अवधिसम्म ३ करोड ४९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीले कर्मचारी खर्च २९ करोड ७० लाख, ब्याज खर्च ५८ करोड, ह्रासकट्टी खर्च १ करोड ४३ लाख र १३ करोड ८३ लाख रुपैयाँबराबरको प्रशासनिक खर्च गरेको छ । कम्पनीको जगेडा तथा मुनाफा कोषको आकार १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । कम्पनीको चालु सम्पत्ति ५ अर्ब ७७ करोड र कुल चालु दायित्व ६ अर्ब १ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१९.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३९७.६२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४४२.७२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४८.४४ गुणा कायम भएको छ ।