काठमाण्डौ । छ्याङदी हाइड्रोपावरले दुई आवको साधारण सभा एकैपटक आयोजना गर्ने भएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले १० औं र ११ औं वार्षिक साधारण सभा आगामी पुस ५ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ९ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीले आव २०७९/८० तथा २०८०/८१ मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको सीमाभन्दा बढी खर्चलाई अनुमोदन गर्ने र प्रबन्ध पत्र तथा नियमावलीमा दफा नियम थप, संशोधन लगायतका विषयहरु नियामक निकायहरुबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन, फेरबदल एवं थपघट लगायतका कुनै निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न सञ्चालक समितिलाई आवश्यक सम्पुर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७९/८० तथा २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७९/८० र आव २०८०/८१ को बार्षिक आर्थिक विवरण तथा आव २०७९/८० र २०८०/८१ को नाफा नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरुमाथि छलफल गरि पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                