सोमबार, श्रावण १८,२०८३ 03:16:37
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:16:37
Bizshala
Global IME Bank Limited

सेन्ट्रल फाइनान्सले डाक्यो साधारण सभा,सेयरधनीलाई छैन लाभांशको अजेण्डा

सेन्ट्रल फाइनान्सले डाक्यो साधारण सभा,सेयरधनीलाई छैन लाभांशको अजेण्डा
New Office

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले २७ औं साधारण सभा डाकेको हो ।  

उक्त सभामा आगामी चैत २३ गते ललिपुर,कुपण्डोलमा रहेको कमपनीको केन्द्रीय कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ ।  

उक्त सभामा लाभांशको कुनै अजेण्डा पेश हुनेछैन । सभामा संस्थाको नियमावलीको नियम १९(४)मा संशोधन गर्ने तथा सो का लागि नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोहि बमोजिम गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ । सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।    

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.