बुधबार, चैत्र २०,२०८१ 01:00:20
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:00:20
IME remit
Global IME Bank Limited

यी ३ कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य प्रस्ताव

Hyundai Nepal
यी ३ कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज साधारण सभा आयोजना गर्न गईरहेका कम्पनीहरुमा गार्डियन माइक्रो लाइफ, एक्सेल डेभलपमेन्ट बैंक र युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेड रहेका छन् ।  

गार्डियन माइक्रो लाइफ

कम्पनीको दोस्रो वार्षिक साधारण सभा विराटनगरमा रहेको होटल एयरपोर्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा कम्पनी र अन्य कुनै बीमा कम्पनी एक आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाइ अख्तियारी प्रदान गर्ने, नियमनकारी नियकायबाट कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने निर्देशन आएमा÷ कम्पनीले पूँजी वृद्धि गर्न आवश्यक देखिएमा सोही बमोजिम कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको २०८१ असार मसान्तको वासलात र सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिका वित्तीय विवरणहरु सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि बाह्रय लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको नियुक्ति (निर्वाचन)गर्ने, सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवा सुविधाका सम्वन्धमा र कम्पनीले सामाजिक उत्तरदायित्व अर्न्तगत गरेको खर्च अनुमोदन समेत गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत फागुन २६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

एक्सेल डेभलपमेन्ट बैंक

एक्सेल डेभलपमेन्ट बैंकको १९ औँ  वार्षिक साधारण सभा झापाको बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा बिहान ११ बजे सभा आयोजना हुँदैछ। बैंकको सञ्चालक समितिले गत आवका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांशको अजेण्डा पेश हुने छैन ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति प्रयोजनका लागि १८ औं वार्षिक साधारण सभाले दिएको अख्तियारीलाई निरन्तर्ता दिदै सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न नियमनकारी नियकाबाट निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै,अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनुका साथै आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र सञ्चालकहरुको नियुक्ती गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि बैंकले गत फागुन २९ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो

युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडको १५ औं वार्षिक साधारण सभा पोखरा कास्कीमा रहेको आभ्या क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा गत आर्थिक वर्षका सेयरधनीहरुलाई प्रस्तावित ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२११ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।  

बोनस सेयर जारीपश्चात कायम हुने चुक्तापूँजीको शतप्रतिशत हकप्रद निष्कासन गरी कम्पनीको पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु समेत पारित गरिनेछ ।  

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८०/८१को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आव २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत फागुन २३ गते गते एक दिनका लागि बुक क्लोज गरेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.