बिहीबार, चैत्र २१,२०८१ 02:20:59
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:20:59
IME remit
Global IME Bank Limited

लाभांश घोषणासहित राधी विद्युतले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai Nepal
लाभांश घोषणासहित राधी विद्युतले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  

लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभा समेत डाकेको छ । कम्पनीको साधारण सभा आगामी पुस १८ गते ललितपुरमा रहेको दरबार रेष्ट्रो एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

उक्त सभामा लाभांशको विशेष प्रस्ताव पारित हुनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सैशोधन गर्ने र उक्त कार्यका लागि नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेृ प्रस्ताव समेत पारित हुनेछ ।  

यस्तै, सञ्चालक समितिको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने,आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यसर्थ पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.