शुक्रबार, बैशाख ४,२०८३ 05:20:59
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:20:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अरुण काबेली पावरले डाक्यो एजीएम, हकप्रदबाट उठेको रकम सेयरमा लगानी गर्ने मुख्य प्रस्ताव

Bizshala
अरुण काबेली पावरले डाक्यो एजीएम, हकप्रदबाट उठेको रकम सेयरमा लगानी गर्ने मुख्य प्रस्ताव
Shivam Cement

काठमाण्डौ । अरुण काबेली पावरले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले साधारण सभा कात्तिक ४ गते होटल क्रिष्टल पशुपती गौशाला काठमाण्डौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।  

सभामा अरुण काबेली पावरले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरी संकलन गरेको रकम मध्येबाट काबेली इनर्जी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली–ए जलविद्युत आयोजनाको सेयरमा लगानी गर्ने प्रस्ताव पेश हुनेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै काबेली इनर्जी लिमिटेडले निर्माण गरिरहेको काबेली–ए जलविद्युत आयोजना (३८७.६ मेगावाट) मा कर्जा लगानी गर्ने कुमारी बैंकलाई यस कम्पनीबाट प्रदान गरिएको संस्थागत जमानत अनुमोदन गर्नेछ ।  

त्यस्तै, कम्पनीको नाममा रहेका पुराना गाडी÷मोटरसाईकल÷स्क्र्यापहरु बिक्री गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवदेन पारित गर्ने र सोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने सभाको एजेण्डा रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

आव २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने पनि सभाको एजेण्डा रहेको छ ।  

कम्पनीले साधारण सभा प्रयोजनार्थ असोज १८ गते एक दिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ असोज १७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा सहभागी जनाउन पाउनेछन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.