IME remit
  • शुक्रबार, कार्तिक ३०,२०८१ 04:31:33
IME remit
Global IME Bank Limited

रुरु जलविद्युतले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai Nepal
रुरु जलविद्युतले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले साधारण सभाको मिति तय गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १९ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा कात्तिक ११ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सञ्चालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
Shivam Cement
CG Motors

त्यस्तै कम्पनीको बोनस सेयर जारी गर्ने तथा हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी लाई आवश्यकता अनुसार वृद्धि गर्नुपर्ने भएको हुँदा प्रबन्धपत्र संशोधन गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे अनुसार प्रस्तावित बोनस सेयर जारी गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको १ः०.८० अनुपातमा हकप्रद सेयर जारी गर्ने र नियमनकारी निकायहरुको निर्देशनमा प्रबन्धपत्र, नियमावलि लगायतका प्रस्तावित अन्य संशोधनहरुका सम्बन्धमा कुनै फेरबदल, सुझाव वा निर्देशन भएमा सोही अनुसार गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण समितिका संयोजकले प्रस्तुत गर्ने प्रतिवेदन माथि छलफल गरि पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/०८१ अवधिको वित्तिय विवरणमाथि छलफल गरी पारित गर्ने र लेखा परीक्षण समितिको सिफारिस अनुसार आव २०८०/०८१ को लागी लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन तथा लाभांश पाउन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.