बिहीबार, चैत्र २१,२०८१ 02:56:06
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:56:06
IME remit
Global IME Bank Limited

आज यी दुई कम्पनीको साधारण सभा आयोजना हुँदै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?

Hyundai Nepal
आज यी दुई कम्पनीको साधारण सभा आयोजना हुँदै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज तारागाँउ रिजेन्सी होटल्स र हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को साधारण सभा आयोजना हुन लागेको हो ।  

तारागाँउ रिजेन्सी होटल्सको २८ औं वार्षिक साधारण सभा काठमाण्डौको भद्रकालीमा रहेको नेपाल आर्मी अफिसर्स क्लबमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ११ प्रतिशत नगद लाभांश(कर बाहेक) को विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १८ गते बुक क्लोज गरेको थियो । यसर्थ पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै एचआईडीसीएलको १३ औं वार्षिक साधारण सभा काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्यांक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५.२५ प्रतिशत नगद लाभांश पारित हुनेछ ।  

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण लगायतका प्रस्तावहरु समेत पारित हुनेछ । कम्पनीले पुस १२ गते बुक क्लोज गरेको थियो । यसर्थ पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.