मंगलवार, फाल्गुन ५,२०८२ 11:00:55
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 11:00:55
Bizshala
Global IME Bank Limited

गोर्खाज फाइनान्सले डाक्यो एजीएम, मर्जरमा जाने विशेष प्रस्ताव

गोर्खाज फाइनान्सले डाक्यो एजीएम, मर्जरमा जाने विशेष प्रस्ताव
Shivam Cement

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले आगामी पुस २९ गते ३१ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सभा काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा लाभांशको कुनै अजेण्डा पेश हुनेछैन । सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने तथा गाभिने, २०८२ असोज १८ गतेदेखि पुस २९ गतेसम्मको सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षणको प्रतिवेदनसहितको २०८२ असारमसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सभामा चालु आर्थिक वर्ष का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट ३ र सर्वसाधारण समूहबाट ३ गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।    

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.