काठमाण्डौ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार आज काठमाण्डौको नयाँ बानेश्वरमा रहेको रोयल एलिनाज रेष्टुरेन्टमा बिहान ११ बजे सभा आयोजना हुन लागेको हो ।
उक्त विशेष सभामा सञ्चालकहरुको नियुक्ती र कर्जा सुविधा स्वीकृती जस्ता प्रस्ताव पारित गरिनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले गत असार ११ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ असार १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै विशेष सभामा सहभागी हुन योग्य हुनेछन् ।