बलेफी हाइड्रोपावरको सम्पर्क कार्यालय स्थानान्तरण
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले आफ्नो सम्पर्क कार्यालय अस्थायी रूपमा काठमाण्डौ महानगरपालिका–११, त्रिपुरेश्वरमा स्थानान्तरण गरेको छ।यसअघि कम्पनीको रजिष्टर्ड तथा सम्पर्क कार्यालय काठमाण्डौ महानगरपालिका–१, दरबारमार्गमा रहेको थियो। कम्पनीले एक सूचना जारी गर्दै सम्पर्क कार्यालय अस्थायी रूपमा त्रिपुरेश्वरमा स्थानान्तरण गरिएको जानकारी दिएको हो।

