बलेफि हाईड्रोपावर ३२.६६ करोड घाटामा, ईपीएस १५.९८ रुपैयाँले ऋणात्मक
काठमाण्डौ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ३२ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको यो घाटा अघिल्लो आवको तुलनामा २१.६५ प्रतिशतले बढी हो । अघिललो आवको सोहि अवधिसम्म कम्पनी २६ करोड ८५ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानीमा कमी आएको...