सोमबार, कार्तिक २,२०८३ 10:44:53
  • सोमबार, कार्तिक २,२०८३ 10:44:53
Global IME Bank Limited

बलेफी हाईड्रोपावरको हकप्रद निष्कासन आजदेखि, कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँछन् ?

Bizshala
बलेफी हाईड्रोपावरको हकप्रद निष्कासन आजदेखि, कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँछन् ?
New Office

काठमाण्डौ । आजदेखि बलेफी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्कासन भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गरेको हो ।  

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

लगानीकर्ताले एनआईएमबी एस क्यापिटल,कुमारी बैंक जलविरे शाखा,जुगल शाखा, र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।  

हकप्रदबाट प्राप्त रकम विभिन्न ऋण तथा आयोजना निर्माणमा संलग्न ठेकेदार तथा बिक्रेताहरुको भुक्तानी गर्न उपयोग गरिने कम्पनीले जनाएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति पुस १७ गते रहेको छ । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।  

हकप्रद निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत कात्तिक ४ गते अनुमति पाएको थियो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.