बुधबार, माघ ९,२०८१ 06:43:45
IME remit
  • बुधबार, माघ ९,२०८१ 06:43:45
IME remit
Global IME Bank Limited

बलेफी हाईड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद जारी गर्ने

Hyundai Nepal
बलेफी हाईड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद जारी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडले आगामी मंसिर २७ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।  

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।  

Bizshala
CG Motors
Sagarmatha Cement

लगानीकर्ताले एनआईएमबी एस क्यापिटल,कुमारी बैंक जलविरे शाखा,जुगल शाखा, र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।  

हकप्रदबाट प्राप्त रकम विभिन्न ऋण तथा आयोजना निर्माणमा संलग्न ठेकेदार तथा बिक्रेताहरुको भुक्तानी गर्न उपयोग गरिने कम्पनीले जनाएको छ ।  

Muktinath Bikas Bank Limited

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति पुस १७ गते रहेको छ । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।  

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कात्तिक ४ गते हकप्रद निष्कासनको अनुमति पाएको हो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.