काठमाण्डौ । बेलेफी हाईड्रोपावर लिमिटेडको अध्यक्षमा सञ्जय क्ुमार साह र सञ्चालकमा योगश दारुका र विदुर पुरी नियुक्त भएका छन् । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्ष र सञ्चालक नियुक्त गरेको हो ।
तीनै जनालाई आगामी साधारण सभाबाट अनुमोदन हुने गरी अध्यक्ष तथा सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
सोहि बैठकले यसअघिका अध्यक्ष उमेश कसजु र सञ्चालक सुशिल गुप्ता र शक्ति कुमार गोल्याणको राजीनामा स्वीकृत गरेको छ ।