बुधबार, भाद्र ३,२०८३ 02:42:01
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:42:01
Bizshala
Global IME Bank Limited

बलेफी हाईड्रोपावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिदै

बलेफी हाईड्रोपावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिदै
New Office

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको लाजिम्पाटमा रहेको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान ८ बजे खोलिन लागिएको हो ।  

Bizshala
CG Motors

कम्पनीले गत फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो । कुल सेयर संख्यामध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा रहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर रहेका थिए ।  

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु।१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गरेको थियो । जसमा आवेदन नपरेको सेयर कम्पनीले बिक्री गरेको हो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.