काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको सञ्चालकमा दिनेश डंगोल नियुक्त भएका छन् । असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले डंगोललाई रिक्त रहेको सञ्चालक पदमा आगामी साधारण सभाबाट अनुमोदन गर्नेगरी नियुक्त गरेको हो ।
यस्तै बैठकले यसअघिका सञ्चालक योगेश दारुकाको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । दारुकाले आफ्नो व्यक्तिगत तथा व्यवसायिक व्यस्थताको कारण देखाउँदै राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।