काठमाण्डौ । बलेफि हाईड्रोपावर लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
बलेफि हाईड्रोले निष्कासन गर्ने १ः१ अनुपातको हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३०६.६० रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५३०.२० रुपैयाँ कायम थियो ।
त्यस्तै लिबर्टी इनर्जीको पनि ५० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २१७.३३ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २७६ रुपैयाँ कायम थियो । आगामी कारोबारदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ ।