काठमाण्डौ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले १६ करोड ७२ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ६२.९५ प्रतिशतले बढी हो ।
अघिललो आवको सोहि अवधिसम्म कम्पनीको घाटा १० करोड २६ लाख रुपैयाँ थियो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १५ करोड ३९ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी बढेर ४१ करोड ४२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको मर्मत सम्भार खर्च १ करोड ५० लाख रुपैयाँ ऋणात्मक,प्रशासनिक खर्च ४३ लाख ७३ हजार रुपैयाँ ऋणात्मक र वित्त खर्च ४० करोड ३४ लाख रुपैयाँले ऋणात्मक छन् ।
यस्तै कम्पनीको रिजर्भको आकार ६० करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको अल्पकालिन कर्जा २३ करोड ७ लाख र दीर्घकालिन कर्जा ६ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १८.३ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६७.०१ रुपैयाँ कायम भएको छ ।