काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको १ करोड ६५ लाख २४ हजार ४८९ कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।
आजदेखि कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।
लक इन अवधि खुल्न लागेको कुल सेयरमा १ करोड ४६ लाख २३ हजार ७६० कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको १८ लाख २७ हजार ९७० सय कित्ता र कर्मचारीका लागि बाँडफाँड गरिएको ७३ हजार ११९ कित्ता रहेको छ ।
कम्पनीले स्थानिय बासिन्दाका लागि विसं २०७८ माघ २७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । यस्तै कम्पनीले आम सर्वसाधारण (कर्मचारी समेत)का लागि भने विंस २०७८ चैत १६ गतेदेखि चैत २१ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले उक्त आईपीओ २०७८ चैत २९ गते बाँडफाँड गरेको थियो ।
धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिमा यस्ता सेयरहरु बिक्री गर्न नपाइने व्यवस्था रहेको छ ।
कम्पनीले सञ्चालक सदस्य रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने पदमा रहेसम्म तथा पदबाट हटेपछि एक वर्षसम्म सेयर खरिद बिक्री गर्न नपाइने स्पष्ट पारेको छ ।