टक्सार पिखुवा खोलाको १.४९ लाख कित्ता सेयरको लकइन खुल्दै
काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ४९ हजार ३२ कित्ता सेयरको लकइन अवधि सकिने भएको छ।कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सेयरको लकइन अवधि २०८३ मंसिर ५ गतेपछि समाप्त हुनेछ। लकइन अवधि सकिएसँगै ती सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्।

