काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लक इन समयावधि आज( वैशाख ३ गते) समाप्त हुने भएको छ । कम्पनीको ४४ करोड कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।
कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापक सेयर,४ लाख ८९ हजार २४५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र ९ हजार ८५८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लक इन अवधि आज सकिन लागेको हो ।
कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको सेयर २०७८ वैशाख ३ गते बाँडफाँड गरेको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।