सोमबार, बैशाख ७,२०८३ 05:41:51
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 05:41:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अप्पर सोलु हाइड्रोको १.१५ करोड कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुँदै

Bizshala
अप्पर सोलु हाइड्रोको १.१५ करोड कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुँदै
Shivam Cement

काठमाण्डौ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको लक इन समयावधि आजबाट समाप्त हुने भएको छ । कम्पनीको कुल १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।  

कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

लक इन अवधि खुल्न लागेको कुल सेयरमा १ करोड १ लाख ९२ हजार ५ सय कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको १३ लाख ५० हजार कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ३९ हजार १५० कित्ता रहेको छ ।  

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिमा यस्ता सेयरहरु बिक्री गर्न नपाइने व्यवस्था रहेको छ ।  

कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.