बिहीबार, श्रावण १४,२०८३ 09:33:45
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:33:45
Bizshala
Global IME Bank Limited

भगवति हाइड्रोपावरको ५७.८५ लाख कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुने

भगवति हाइड्रोपावरको ५७.८५ लाख कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुने
New Office

काठमाण्डौ । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २८ लाख कित्ता बढी सेयरको लक इन अवधि आगामी भदौ महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ५७ लाख ८५ हजार ३८५ कित्ता सेयरको लक इन अवधि भदौ १७ गतेदेखि सकिन लागेको हो ।

कम्पनीको कुल सेयर संख्यामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५० लाख ८६ हजार ७९९ कित्ता, स्थानीय बासिन्दाका लागि छुट्टाइएको ६ लाख ७८ हजार २३९ कित्ता र कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँड गरिएको २० हजार ३४७ कित्ता रहेको छ ।

सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.