काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको लक इन अवधि आगामी जेठ १८ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ७० हजार कित्ता सेयरको लक इन अवधि जेठ १८ गते सकिन लागेको जनाएको हो ।
कम्पनीले आम सर्वसाधारण्का लागि निष्कासन गरेको आईपीओ गत मंसिर १९ गते बाँडफाँड गरेको थियो । आगामी जेठ १८ गते उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुग्दैछ ।
साधारण सेयर बाँडफाँड भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयर रोक्का हुने प्रावधान रहेको छ ।