काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्ज भएको साविकको युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आज समाप्त हुँदैछ । कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।
कम्पनीको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ करोड ५० लाख ५० हजार कित्ता संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको ३ लाख २२ हजार ५०० कित्ता गरी कुल १ करोड ५३ लाख ७२ हजार ५०० कित्ता सेयरको लक इन अवधि असारमा समाप्त हुन लागेको हो ।
कम्पनीले २०७८ साल असार २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ असार ३१ गते बाँडफाँड भएको थियो। कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरेको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था रहेको छ ।