साविकको युनियन लाइफको १.५० करोड कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्ज भएको साविकको युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आज समाप्त हुँदैछ । कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।