काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि चैत २६ गते समाप्त भएको हो ।
कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि समाप्त भएको हो ।
कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक सेयर,१४ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी सेयर र ५८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल १ करोड १६ लाख ५८ हजार कित्ता सेयरको लक इन अवधि सकिएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ४५ करोडको १० प्रतिशतले हुन आउने १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि र कर्मचारीका लागि छुट्टाइएको २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर बाँडफाँड २०७७ चैत २७ गते गरेको थियो ।