काठमाण्डौ । साहस उर्जा लिमिटेडको लक इन समयावधि आगामी असोजमा समाप्त हुने भएको छ । कम्पनीको २ करोड कित्ता बढी सेयरको लक इन अवधि असोज १६ गते समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।
कम्पनीको २ करोड ४५ लाख कित्ता संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरिएको ३५ लाख कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको २ लाख १० हजार कित्ता गरी कुल २ करोड ८२ लाख १० हजार कित्ता सेयरको लक इन अवधि सकिने भएको हो ।
कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानिय र कर्मचारीलाईसहित सर्वसाधारणलाई जारी गरेको सेयर विस २०७८ असोज बाँडफाँड गरेको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको ३ वर्ष असोज १६ गते समाप्त हुने भएकाले उक्त अवधिभर लक इनमा रहेको,स्थानिय बासिन्दाका लागि जारी गरिएको,संस्थापक तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको कम्पनीले जनाएको छ ।