काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संस्थापक र कर्मचारीतर्फको गरी कुल ६१ लाख ६९ हजार ८ सय ५० कित्ता सेयरको लकइन अवधि सकिन लागेको छ।
कम्पनीको संस्थापक समूहको ६० लाख ४५ हजार कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको १ लाख २४ हजार ८५० कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो।
उक्त सेयरको लकइन अवधि मंसिर १८ गते सकिने कम्पनीले जनाएको छ। लकइन अवधि समाप्त भएपछि प्रचलित कानुन तथा नियामकीय व्यवस्था बमोजिम ती सेयर कारोबारका लागि खुला हुन सक्नेछन्।
कम्पनीको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।