मंगलवार, आश्विन ६,२०८३ 06:43:14
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 06:43:15
Bizshala
Global IME Bank Limited

संस्थापकका करोडौं कित्ताको ताला खुल्दै, सेयरबजारमा सप्लाई बढ्ने त्रास !

संस्थापकका करोडौं कित्ताको ताला खुल्दै, सेयरबजारमा सप्लाई बढ्ने त्रास !
New Office

काठमाण्डौ । चालु वर्षको बाँकी अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत विभिन्न कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय तथा कर्मचारीको स्वामित्वमा रहेका ठूलो परिमाणका सेयरको लकइन अवधि क्रमशः समाप्त हुने भएको छ ।

लकइन खुल्ने सूचीमा सर्वोत्तम सिमेन्ट्स, हिमालयन रि इन्स्योरेन्स, भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिख्र्वा हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, माथिल्लो मैलुङ खोला जलविद्युत, सोनापुर मिनरल्स एण्ड आयल र मिड सोलु हाइड्रोपावर रहेका छन् ।

यी कम्पनीमध्ये कतिपयको लकइन यही असोज–कात्तिकमै खुल्दैछ भने केहीको मंसिरदेखि फागुनसम्म क्रमशः समाप्त हुने अवस्था छ ।

सोनापुर मिनरल्स एण्ड आयलको संस्थापकतर्फको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता र कर्मचारीतर्फको १९ हजार ५०० कित्ता सेयरको लकइन असोज २३ गतेपछि समाप्त हुने सार्वजनिक सूचना छ ।  

त्यस्तै माथिल्लो मैलुङ खोला जलविद्युतको संस्थापकतर्फको ७० लाख कित्ता तथा आयोजना प्रभावित स्थानीयलगायततर्फको सेयर गरी ८४ लाख ९० हजार ८०० कित्ता सेयरको लकइन कात्तिक २ गतेपछि समाप्त हुने कम्पनीले जनाएको छ ।

यसका साथै मुक्तिनाथ कृषि कम्पनीको संस्थापक सेयरको लकइन मंसिर १८ र नेपाल वेयरहाउजिङ कम्पनीको मंसिर १९ आसपास समाप्त हुने सार्वजनिक विवरण छ ।  

त्यस्तै भिजन लुम्बिनी ऊर्जा कम्पनी र चिख्र्वा हाइड्रोपावरका संस्थापकतर्फका सेयर पनि चालु आर्थिक वर्षमै लकइनमुक्त हुने सूचीमा छन् ।

सर्वोत्तम सिमेन्टको संस्थापक सेयरतर्फको लकइन फागुनमा समाप्त हुने विवरण छ । कम्पनीमा संस्थापकको स्वामित्व ठूलो रहेको हुँदा यसको लकइन फुकुवालाई समेत बजारले चासोका साथ हेर्ने अवस्था छ । कम्पनीमा संस्थापकतर्फ करिब ४ करोड ५ लाख कित्ता सेयर रहेको सार्वजनिक विवरण छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘सप्लाई प्रेसर’को डर !  

पछिल्लो समय लकइन अवधि सकिएलगत्तै आधारभूत तथा संस्थापक सेयरधनीहरूले सेयर बिक्रीका लागि धमाधम पूर्वसूचना दिन थालेका उदाहरण देखिन थालेपछि ठूलो परिमाणमा लकइन फुकुवा हुने कम्पनीमा सम्भावित ‘सप्लाई प्रेसर’प्रति लगानीकर्ताको चासो बढेको छ ।

विशेषगरी संस्थापक तथा आधारभूत सेयरधनीको स्वामित्व उच्च रहेका कम्पनीमा उनीहरूको कुल होल्डिङको सानो हिस्सा मात्रै बिक्रीमा आए पनि दोस्रो बजारमा उपलब्ध सेयरको संख्या उल्लेख्य रूपमा बढ्न सक्छ ।  

बजारमा एकाएक आपूर्ति बढ्दा माग–आपूर्तिको सन्तुलन प्रभावित हुन सक्ने र त्यसको दबाब सम्बन्धित कम्पनीको सेयर मूल्यमा समेत पर्न सक्ने भएकाले लगानीकर्ताले लकइन खुल्ने मिति मात्र होइन, त्यसपछि आउने ठूला सेयरधनीका बिक्री पूर्वसूचनालाई पनि नजिकबाट नियाल्न थालेका छन् ।

यसकारण लकइन फुकुवा हुनु आफैंमा सेयर बिक्री हुने निश्चित संकेत नभए पनि ठूलो परिमाणको सेयर बजारमा आउन सक्ने सम्भावनाले सम्बन्धित कम्पनीको कारोबार र मूल्यमा अल्पकालीन मनोवैज्ञानिक दबाब सिर्जना गर्न सक्छ ।

मूल्य उचाल्ने ‘टाइमिङ’ पनि निगरानीमा

लकइन फुकुवा हुनुअघि सम्बन्धित कम्पनीको सेयरमूल्यमा तीव्र वृद्धि, बोनस घोषणा वा अन्य मूल्य संवेदनशील सूचना सार्वजनिक भएमा त्यसको ‘टाइमिङ’माथि समेत बजारमा प्रश्न उठ्ने गरेको छ ।

हालै मिड सोलु हाइड्रोपावरको ठूलो परिमाणको लकइन खुल्ने आसपासमै बोनस घोषणा र मूल्यमा तीव्र वृद्धि देखिएपछि यस विषयमा लगानीकर्ताबीच बहससमेत भएको छ ।

यसकारण चालु वर्षको बाँकी अवधिमा कम्पनीका वित्तीय विवरण र लाभांश मात्रै होइन, कुन कम्पनीको कति सेयर लकइनमुक्त हुँदैछ र त्यसपछि ठूला सेयरधनीले कस्तो कदम चाल्छन् भन्ने विषय पनि बजारका लागि महत्वपूर्ण हुने देखिएको छ ।

कुन कम्पनीको कति कित्ता र कहिले खुल्दैछ ?

सबैभन्दा चाँडै लकइन अवधि सकिन लागेको कम्पनी मिड सोलु हाइड्रोपावर हो । कम्पनीको संस्थापकतर्फको ६८ लाख ८५ हजार २८० कित्ता तथा कर्मचारी र आयोजना प्रभावित स्थानीयतर्फको ८ लाख ७७ हजार ८७३ कित्ता सेयरको लकइन यही असोज १० गते सकिँदैछ ।

त्यसपछि सोनापुर मिनरल्स एन्ड आयलको संस्थापकतर्फको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता र कर्मचारीतर्फको ७ लाख ४२ हजार ८०४ कित्ता सेयरको लकइन असोज २४ गते सकिँदैछ ।

माथिल्लो मैलुङ खोला जलविद्युत्को संस्थापकतर्फको ७० लाख कित्ता तथा कर्मचारी र स्थानीयतर्फको १४ लाख ९० हजार कित्ता सेयरको लकइन आगामी कात्तिक २४ गते सकिनेछ।

यस्तै, मुक्तिनाथ कृषि कम्पनीको संस्थापकतर्फको ६० लाख ४८ हजार कित्ता र कर्मचारीतर्फको ४५ हजार ३६० कित्ता सेयरको लकइन मंसिर १९ गते सकिँदैछ ।

त्यसको भोलिपल्ट अर्थात् मंसिर २० गते नेपाल वेयरहाउजिङ कम्पनीको संस्थापकतर्फको ५५ लाख कित्ता तथा कर्मचारीतर्फको २७ हजार ५०० कित्ता सेयरको लकइन सकिनेछ  ।

चिख्र्वा हाइड्रोपावरको संस्थापकतर्फको १ करोड ५३ लाख कित्ता तथा स्थानीय र कर्मचारीतर्फको १९ लाख ५० हजार ७५० कित्ता सेयरको लकइन पुस ५ गते सकिँदैछ।

सेयरबजारमा बढी चर्चामा रहने हिमालयन रि इन्स्योरेन्सको ठूलो परिमाणको संस्थापक सेयर पनि पुसमै लकइनमुक्त हुँदैछ। कम्पनीको संस्थापकतर्फको ७ करोड ६० लाख ७६ हजार कित्ता तथा कर्मचारीतर्फको ६ लाख ५२ हजार ८० कित्ता सेयरको लकइन पुस १३ गते सकिँदैछ।

त्यस्तै, सर्वोत्तम सिमेन्ट्सको संस्थापकतर्फको ४ करोड ५५ लाख ३ हजार ४३५ कित्ता र कर्मचारीतर्फको ४ लाख ५० हजार ७५० कित्ता सेयरको लकइन फागुन २५ गते सकिनेछ।

यीमध्ये हिमालयन रि इन्स्योरेन्स, सर्वोत्तम सिमेन्ट्स र सोनापुर मिनरल्समा संस्थापकतर्फ लकइन खुल्ने सेयर संख्या निकै ठूलो देखिन्छ। त्यसैले लकइन खुल्ने मितिपछि आधारभूत तथा ठूला सेयरधनीबाट आउने सम्भावित बिक्री पूर्वसूचनालाई बजारले विशेष चासोका साथ हेर्ने अवस्था छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.