काठमाण्डौ । माथिल्लो मैलुङ खोला लिमिटेडको लक इन अवधि कात्तिक महिनामा सममाप्त हुने भएको छ । कम्पनीको संस्थापक सेयरधनीहरुको सेयर, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीहरुलाई बाँडफाँड गरिएको कुल ८४ लाख ९० हजार ८०० कित्ता सेयरको लक–इन अवधि आगामी कात्तिक २ गते समाप्त हुने भएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लक–इन अवधिमा रहेका सेयरको अवधि समाप्त हुन लागेको जानकारी दिएको छ। कम्पनीमा दर्ता रहेको कुल १ करोड कित्ता शेयरमध्ये विभिन्न समूहको स्वामित्वमा रहेका सेयर लक–इनमा राखिएका थिए।
कम्पनीका अनुसार लक–इन अवधि समाप्त हुने शेयरमध्ये ७० लाख कित्ता संस्थापक सेयर रहेका छन्। त्यस्तै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीतर्फ बाँडफाँड गरिएको १४ लाख ९० हजार ८०० कित्ता सेयरको समेत लक–इन अवधि समाप्त हुनेछ।
कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने प्रचलित नियमअनुसार सेयर रोक्का रहने स्पष्ट पारेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।