बिहीबार, श्रावण १४,२०८३ 11:29:51
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:29:51
Bizshala
Global IME Bank Limited

ग्रीन भेन्चर्सको २.८२ करोड कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त

ग्रीन भेन्चर्सको २.८२ करोड कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त
New Office

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडको लक इन समयावधि आज समाप्त भएको छ । कम्पनीको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता सेयरको लक इन आजदेखि समाप्त भएको हो ।  

कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त भएको छ ।  

लक इन अवधि खुलेको कुल सेयरमा २ करोड ५० लाख कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको ३१ लाख २३ हजार २ सय कित्ता रकर्मचारीका लागि बाँडफाँड गरिएको ९३ हजार ७५० कित्ता रहेको छ ।  

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि विसं २०७८ फागुन २ गतेदेखि फागुन २० गतेसम्म आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ सोही वर्षको फागुन २९ गते बाँडफाँड गरेको कम्पनीले आम सर्वसाधारण९कर्मचारी समेत०का लागि भने विंस २०७८ चैत ८ गतेदेखि चैत ११ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले उक्त आईपीओ बाँडफाँड सोही वर्षको चैत २० गते गरेको थियो ।  

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिमा यस्ता सेयरहरु बिक्री गर्न नपाइने व्यवस्था रहेको छ ।  

कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरिक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धि कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म यस संगठित संस्था वा यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न नसक्ने कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.