काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको लक इन अवधि आज समाप्त हुने भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ७० हजार कित्ता सेयरको लक इन अवधि आज सकिन लागेको जनाएको हो ।
कम्पनीले आम सर्वसाधारण्का लागि निष्कासन गरेको आईपीओ गत मंसिर १९ गते बाँडफाँड गरेको थियो । आज उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुग्दैछ ।
साधारण सेयर बाँडफाँड भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयर रोक्का हुने प्रावधान रहेकाले आजबाट उक्त सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।