मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि आज समाप्त हुँदै
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको लक इन अवधि आज समाप्त हुने भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ७० हजार कित्ता सेयरको लक इन अवधि आज सकिन लागेको जनाएको हो । कम्पनीले आम सर्वसाधारण्का लागि निष्कासन गरेको आईपीओ गत मंसिर १९ गते बाँडफाँड गरेको थियो । आज उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुग्दैछ ।