काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी वैशाख २ गते समाप्त हुने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाइएको ७५ हजार कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।
उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।