काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडलेको लक इन समयावधि आगामी कात्तिकमा समाप्त हुने भएको छ । कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि कात्तिक ४ गते समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।
कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता संस्थापक सेयर, संस्थापक सेयरधनीका कर्मचारीका लागि गरीएको ३ लाख कित्ता, कम्पनीका कर्मचारीका लागि जारी गरिएको ४५ हजार कित्ता, अति प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरिएको ५ लाख कित्ता र प्रभावित क्षेत्रका वासिन्दाका लागि जारी गरिएको १० लाख कित्ता गरी कुल १ करोड २७ लाख ९५ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।
कम्पनीले सर्बसाधारण तथा स्थानीय आयोजना प्रभावित क्षेत्रका बासिन्दा एवं संस्थापक तथा कम्पनीका कर्मचारीहरुलाई छुट्टयाईएको सेयरमध्ये स्थानीय बासिन्दा तथा संस्थापकका कर्मचारीहरुमा २०७८ भदौ १ गतेदेखि १५ गतेसम्म र सर्बसाधारणमा (कर्मचारीहरु समेत) २०७८ असोज १५ गतेदेखि १९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले उक्त साधारण सेयर २०७८ कात्तिक ५ गते अन्तिम बाँडफाँड गरेको थियो ।
कम्पनीको साधारण सेयर सर्वसाधारणकालागि सार्बजनिक निष्काशन गरी सर्वसाधारणमा बाँडफाँड गरिएको मितिले ३ वर्ष समाप्त नभएसम्म कम्पनीका संस्थापक, संस्थापकका कर्मचारीहरु, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु त्था कम्पनीका कर्मचारीहरुले खरिद गरी लिएका सेयरहरु लक– इनमा राख्नुपर्ने व्यवस्था भए बमोजिम लक–इनमा राखिएको र उक्त सेयरको लक इ न अवधि कात्तिक ४ गते समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।