सोमबार, मंसिर ८,२०८२ 11:12:41
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 11:12:41
IME remit
Global IME Bank Limited

बिन्ध्यवासिनी हाइड्रोपावरको ९६.७१ लाख कित्ता सेयरको लक इन अवधि असारमा समाप्त हुने

Hyundai Nepal
बिन्ध्यवासिनी हाइड्रोपावरको ९६.७१ लाख कित्ता सेयरको लक इन अवधि असारमा समाप्त हुने
Shivam Cement

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लक इन समयावधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरको लक इन अवधि असार २ गते समाप्त हुन लागेको हो ।  

कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  

CG Motors
New Office
Garima Development Bank

लक इन अवधि खुल्न लागेको कुल सेयरमा ८४ लाख ७३ हजार ५ सय कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको ११ लाख २९ हजार ८ सय कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ६७ हजार ७८८ कित्ता रहेको छ ।  

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिमा यस्ता सेयरहरु बिक्री गर्न नपाइने व्यवस्था रहेको छ । आगामी असार २ गते कम्पनीले आईपीओ बाँडफाँड गरेको ३ वर्ष पुरा हुन लागेकाले उक्त अवधिमा कम्पनीको सेयरको लक इन अवधि खुल्न लागेको हो ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

संस्थापक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.