आईतवार, मंसिर १३,२०८३ 09:38:13
  • आईतवार, मंसिर १३,२०८३ 09:38:13
Global IME Bank Limited

कालिञ्चोक हाइड्रोपावरको ४ लाख १२ हजार कित्ता सेयरको लक–इन खुल्दै

Bizshala
कालिञ्चोक हाइड्रोपावरको ४ लाख १२ हजार कित्ता सेयरको लक–इन खुल्दै
New Office

काठमाण्डौ । कालिञ्चोक हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४ लाख १२ हजार ५०० कित्ता साधारण सेयरको लक–इन अवधि आगामी कात्तिकमा समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सेयरको लक–इन अवधि २०८३ कात्तिक ६ गते अर्थात् सन् २०२६ अक्टोबर २३ मा सकिनेछ।

CG Motors
Garima Development Bank
Muktinath Bikas Bank Limited

कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण सेयर २०८३ वैशाख ७ गते बाँडफाँट गरेको थियो। उक्त सार्वजनिक निष्कासनमा सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशतले हुन आउने ४१ लाख २५ हजार रुपैयाँ बराबरको ४ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको थियो।

सामूहिक लगानी कोषका लागि छुट्याइएको सो सेयर नेपाल धितोपत्र बोर्डको नियमअनुसार निश्चित अवधिसम्म बिक्री गर्न नपाइने गरी लक–इनमा राखिएको थियो। बोर्डको निर्देशनबमोजिम तोकिएको अवधि पूरा भएपछि उक्त सेयर कारोबारका लागि योग्य हुनेछ।

लक–इन अवधि सकिएपछि सम्बन्धित सामूहिक लगानी कोषहरूले आफ्नो स्वामित्वमा रहेको सेयर दोस्रो बजारमा बिक्री गर्न सक्नेछन्। यद्यपि, लक–इन खुल्नुको अर्थ सबै सेयर तत्कालै बजारमा बिक्रीमा आउने भन्ने होइन। सम्बन्धित कोषको लगानी रणनीति र बजारको अवस्थाका आधारमा सेयर राख्ने वा बिक्री गर्ने निर्णय हुनेछ।

कम्पनीको सेयर रजिस्ट्रार आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.