आम्दानी घटेसँगै कालिञ्चोक दर्शन ३३.८६ लाख घाटामा
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ३३ लाख ८६ हजार रुपैयाँ घाटामा रहेको छ । गत असार मसान्तसम्म भने कम्पनीले २ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको आम्दानीमा समेत ९०.४६ प्रतिशतको कमी आएको छ । गत असार मसान्तसम्ममा ७ करोड ६३ लाख रहेको कम्पनीको आम्दानी ७२ लाख ८७ हजारमा सीमित...

