काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटा बढेको छ।
कम्पनीले असोज मसान्तसम्म ४५ लाख ९६ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको यही अवधिमा कम्पनी ३३ लाख ८६ हजार रुपैयाँ घाटामा थियो। यस आधारमा कम्पनीको घाटा करिब ३५.७३ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीको आम्दानी पनि उल्लेख्य घटेको छ। पहिलो त्रैमासमा कम्पनीले ४९ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यही अवधिमा यस्तो आम्दानी ७९ लाख ८५ हजार रुपैयाँ थियो। आम्दानी करिब ३७.६७ प्रतिशतले घटेको हो।
कम्पनीको सञ्चालन आम्दानी ४२ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्ष यस्तो आम्दानी ७२ लाख ८७ हजार रुपैयाँ थियो।
आम्दानी घट्दा कम्पनीको सञ्चालन घाटासमेत बढेर ६३ लाख ५४ हजार रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा सञ्चालन घाटा १८ लाख १६ हजार रुपैयाँ थियो।
कम्पनीको चुक्तापुँजी ६३ करोड रुपैयाँ रहेको छ भने रिजर्भ तथा सरप्लस ५ करोड ३५ लाख रुपैयाँभन्दा बढी छ।
घाटा बढेसँगै कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा ऋणात्मक रहेको छ। गत वर्षको यही अवधिमा प्रतिशेयर आम्दानी २ रुपैयाँ २६ पैसा ऋणात्मक थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।